उदयपुर । बलात्कारको कसूरमा एकजनालाई १६ बर्षको जेल सजाय तोकिएको छ । जिल्ला अदालत, उदयपुरले ६ वर्षीया बालिका बलात्कारको कसुरमा त्रियुगा नगरपालिका–६, लालपताका ४५ वर्षीय रामबहादुर विकलाई १६ बर्षको जेल सजाय सुनाएको हो ।
पीडित बालिकालाई पीडकबाट रु २५ हजार क्षतिपूर्ति उपलब्ध गराउन समेत अदालतले आदेश दिएको छ जिल्ला अदालत उदयपुरका श्रेस्तेदार राजकुमार आचार्यले बताए ।
आफ्नै छिमेकीकी ६ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपेर ललाईफकाइ ०७५ माघ १८ गते बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले विकलाई पक्राउ गरी मुद्दा दर्ता गराएको थियो । उक्त मुद्धामा जिल्ला अदालत उदयपुरका न्यायाधीश दीपक खनालको एकल इजालासले सुनुवाई गर्दै सजाय तोकेका हुन ।











