गठबन्धनको कमालः एमालेले जितेको पालिकामा माओवादीकी अरुणादेवी बनिन् पालिकाप्रमुख जित्ने पहिलो महिला


खोटाङ । यसपालीको स्थानिय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष जित्ने पहिलो महिला नेकपा माओवादी केन्द्रबाट अरुणादेवी राई भएकी छन् । खोटाङको जन्तेढुङ्गा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई निर्वाचित भएर यसपटकको पहिलो महिला पालिका प्रमुखको इतिहास रचेकी हुन्।

उनले २ हजार ८८१ मत प्राप्त गर्दै विजयी भईन भने उनका प्रतिस्पर्धी नेकपा एमालेका शंकरबहादुर राईले २ हजार ५७५ मत पाए। यसपालीको स्थानिय तह निर्वाचनमा पालिका प्रमुख जित्ने पहिलो अरुणादेवी नै भनेकी छन् । उनिसंग पराजीत भएका एमालेका शंकरबहादुर निवर्तमान अध्यक्ष हुन् ।

काँग्रेस र माओवादीबीच गरिएको गठबन्धनमा उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का २ हजार ८०५ प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिस्पर्धी एमालेकी विमला राईंले २ हजार ४९५ मत ल्याइन्। २०७४ को स्थानीय तह निर्वाचनमा यस गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार