जीप दुर्घटना हुँदा स्याङ्जामा ३ को मृत्यु २३ घाइते

स्याङ्जा । स्याङ्जामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । बुधबार पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु१ज ३८४१ नम्बरको जीप स्याङ्जाको गल्याङ् नगरपालिका ३ चापाकोटमा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा स्याङ्जा वालिङकी मन्जु भण्डारी गैरे, पाल्पाकी फनीमाया नेपाली र वालिङका दुई वर्षीय बालक प्रशन्न दर्जी रहेका छन् । बालकको स्याङ्जाकै गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको र २ जना महिलाको पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएका ११ बालबालिका, ८ महिला र ५ जना पुरूषको मिशन अस्पताल पाल्पामा उपचार भइरहेको छ । जीपमा २८ जना सवार थिए । जीप सडकबाट करिब ४ सय मिटर तल बसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार