
सुर्खेत । व्यापारीले नापतौलसम्बन्धी अवैध सामग्री प्रयोग गरेर उपभोक्तालाई ठग्ने गरेको पाइएको छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा स्थानिय व्यापारीहरुले तराजु, ढक लगायतका नापतौलसम्बन्धी सामग्रीहरुमा चुम्बक लगाएर अवैध कार्य गरिएको पाइएको हो।
जिल्ला प्रशासन कार्याल सुर्खेतबाट विजयादशमीको अवसर पारेर बजार अनुगमन गर्दा व्यापारीहरुले अपभोक्ताहरुलाई ठगिरहेको पाइएको हो ।
अनुगमन टोलीले वीरेन्द्रनगर बजारमा २४ वटा पसल र २० वटा फुटपाथ व्यपारीले उपभोक्ता ठगेको पाइएको छ । व्यापारीहरुले पसलका तराजु प्वाल परेको, भारतीय ढक प्रयोग गरेको, तराजुमा खिया लागेको, तौल बढी गराउन चुम्बक टाँसिएको अवस्थामा नापतौल सामग्री भेटिएको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।
अनुगमनका क्रममा एकजना मासु व्यापारीले अनुगमन टोलीमाथि अभद्र व्यवहार समेत गरेको बताइएको छ । अनुगमनका क्रममा वीरेन्द्रनगरबाट १८ थान दुई पल्ले तराजु, चार थान काउण्टर तराजुसहित ६१ वटा ढक बरामद गरिएको छ।
नापतौलसम्बन्धी कसुरअन्तर्गत यसरी नापतौल सामग्री गुणस्तरहीन, मापदण्डविपरित, नापतौल प्रयोजनका लागि अर्को सामग्री प्रयोग गरे त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।









