काठमाडौं । आइतबार विहानै बागलुङ र रोल्पामा भूकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प बागलुङ र रोल्पाको सीमाना केन्द्रविन्दु भएर ४।४ रेक्टरस्केलको भूकम्पको धक्का महशुस गरिएको छ ।
भूकम्प आइतबार बिहान ७ः२७ मिनेट जाँदा गएको थियो ।
यस्तै, शनिबार राति १०ः४५ मिनेट जाँदा बझाङ र हुम्ला केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस गरिएको थियो ।
भूकम्पको धक्का महशूस भएपछि स्थानीयहरु घर बाहिर निस्किएका थिए ।









