वीरगञ्ज । प्रहरीले २८ किलो चाँदीका गहनासहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले पर्सा र बारा गरी दुई ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सप्तरी नेगरा ३ घर भई चितवनको खैरहनी नगरपालिका ८ बस्ने ४५ बर्षिय अंगद सहनी र बारागढी गाउँपालिका ६ भवानीपुर बस्ने ३२ बर्षीय मुख्ती साह रहेका छन् ।
सहनीलाई वीरगञ्जबाट ८ किलो ८ सय ८० ग्राम चाँदीका गरगहना सहित पक्राउ गरेको हो भने साहलाई बाराको सिम्रौनगढ क्षेत्रबाट १९ किलो १ सय ग्राम चाँदीका गरगहनासहित पक्राउ गरेको हो ।
प्रहरीले झोला र मोटरसाइकलमा आलुको बोराभित्र मिश्रित चाँदीको गरगहना ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको बताएको छ ।











