पशुपतिबाट २० जना मगन्ते बालबालिकालाई प्रहरीले समात्यो


काठमाडौँ । काठमाडौंमा रहेको प्रसिद्ध धार्मिक स्थल पशुपति मन्दिर परिसरमा माग्न बसेका २० जना बालबालिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनिहरुलाई बुधबार बिहान प्रहरीले मन्दिर परिसरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा अधिकांश भारतबाट आएका नागरिकका छोराछोरी रहेको बताइएको छ । पक्राउ गरिएका बालबालिकाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सरकारले पशुपति, स्वयम्भु लगायतका क्षेत्रलाई मगन्ते मुक्त क्षेत्र घोषणा गरेसंगै उक्त क्षेत्रमा निगरानी बढाएसंगै पशुपति क्षेत्रबाट ति बालबालिकाहरु प्रहरीको बालबालिका खोजतलास केन्द्रले नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार