आगलागीबाट नेपालगञ्जमा आधा दर्जन पसल जले, करोड बढीको क्षती

बाँके । आगलागीबाट नेपालगञ्जमा आधा दर्जन पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन् । गएराति नेपालगञ्जको बीपीचोकनजिक रहेका पसलमा आगलागी हुँदा करिब करोड बढीको क्षती भएको छ ।

आगलागी जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताब र फलफूल पसलमा लागेको प्रहरीले जनाएको छ । सबै भन्दा धेरै क्षती जनता सिरक, हिमालय र रोशनी फर्निचरमा भएको छ ।

आगलागी दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले नियन्त्रण गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाका दुई, नेपालगञ्ज विमानस्थलको एक, कोहलपुर नगरपालिका, बर्दियाको मधुवन र गुलरिया नगरपालिकाका गरी छ वटा दमकलले आगो निभाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार