र्यापर भिटेनलाई परिवारको जिम्मामा तारेखमा छोडियो

काठमाडौं । अमर्यादित हर्कत गरेको आरोपमा पक्राउ परेका र्यापर समिर घिसिङ भिटेनलाई प्रहरीले तारेखमा हिरासत मुक्त गरेको छ ।
बिहीबार जावलाखेलबाट पक्राउ परेका भिटेनलाई महानगरिय प्रहरी परिसर ललितपुरले सार्वजनिक हित र नैतिकताबिरुद्ध अन्र्तगत अभद्र ब्यवहारमा मुद्धा चलाएको थियो ।

पक्राउपछि अनुसंन्धानका लागि थप म्याद लिन प्रहरीले भिटेनलाई बिहीबार साँझ जिल्ला अदालत ललितपुर लगेकोमा अदालतबाट ७ दिनको थप म्याद दिइएको थियो ।

प्रहरी थुनामा रहेका भिटेनले लिखित रुपमा माफी माग्दै उपरान्त गल्ती नगर्ने प्रतिबद्धता गरेपछि उनलाई परिवारको जिम्मामा तारेखमा रिहा गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले अनमोलपोस्टलाई जानकारी दिए ।

“भिटेनले आफुबाट गल्ती भएकै हो गीतमा त्यस्तो शब्द नराख्नु पर्ने भन्दै लिखित रुपमा माफी मागे एसएसपी राईले भने, उनका बुवा लगाएत परिवारका सदस्य आएका थिए हामीले बोलाएको समयमा उपस्थित गराउने गरी परिवारको रहोबरमा छोडेका छौं ।”

अदालतले अनुसंन्धानका लागि प्रहरीलाई दिएको ७ दिनको म्याद अनुसार कात्तिक १३ गते भिटेनलाइ अदालत लगिने एसएसपी राईले बताए ।
र्‍यापर भिटेनको ‘हामी यस्तै त हो नि ब्रो’ भन्ने गीतमा अश्लील शब्द प्रयोग भएको र उनले प्रहरी वर्दीमा गाँजा मोलिरहेको तस्बिर राखेको आरोपमा प्रहरीले बिहीबार उनलाई जावलाखेलबाट पक्राउ गरेको थियो। उनलाई प्रकाउ गरेको केही घन्टापछि युट्युबबाट उक्त गीत हटाइएको थियो।

गीतकै बिषयलाई लिएर गायक दुर्गेश थापालाई पनि केहि दिनअघि मात्रै प्रहरीले पक्राउ गररेको थियो । पक्राउपछि दुर्गेसले गल्ती स्विकार्दै सार्वजनिक माफी मागेपछि उनलाई अपराध महाशाखा टेकुले रिहा गरेको भएको थिए । गायक दुर्गेसमाथि प्रहरीले मुद्धा नै चलाएको थिएन भने भिटेनमाथी सार्वजनिक हित र नैतिकताबिरुद्ध अन्र्तगत अभद्र ब्यवहारमा मुद्धा दर्ता भई ७ दिनको म्याद समेत अदालतले दिइसकेको छ ।

यो पनि पढ्नुहोस

र्यापर भिटेनको तिहार थुनामै हुने, ७ दिन हिरासतमा राख्न अनुमती

यो भिडियो पनि हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार