
काठमाडौँ । भारतले आफ्नो नक्सामा नेपाली भूमिलाई समावेश गरेको विषयमा विरोध गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार माइतिरमा भएको प्रदर्शनबाट प्रहरीले दर्जनभन्दा बढीलाई पक्राउ गरेको हो ।
माइतीघरमा राष्ट्रवादी केन्द्र नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा प्रहरीले लाठी चार्ज समेत गरेको छ । प्रहरीले प्रदर्शनकारीलाई लक्षित गरेर लाठी चार्ज गरेर यन्त्रणमा लिएको हो ।
गएको शनिबार भारतले निकालेको आफ्नो नयाँ राजनिति नक्सामा नेपाली भूमि कालापानी, लिपुलेख लगाएतका क्षेत्रलाई समावेश गरेको विषयमा नेपालमा विरोध भइरहेको छ ।










