घुस लिँदालिँदै पालपोत प्रमुख पक्राउ

सिराहा। धुस लिँदालिँदै जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल पक्राउ परेका छन् । सेवाग्राहीबाट ५ लाख रुपैयाँ लिँदालिँदै पक्राउ परेका हुन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको बताइएको छ । सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि पीडित मालपोत कार्यालयमा पुगेका थिए ।

पिडितले कागज माग्ने क्रममा मण्डलले कागज दिन आनाकानी गरेर रकम माग गरेको अख्तियारमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा उनलाई शुक्रबार बिहान पक्राउ गरिएको हो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार