दाइजोका कारण धनुषामा एक महिलाको हत्या

जनकपुरधाम । दाइजो स्वरुप पाएको मोटरसाइकल श्रीमतीले आफ्नो नाममा नगरिदिएको भन्दै एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । प्रकाश नाम गरेका ति युवकले २२ वर्षीया श्रमती कुसुमको हत्या गरेका हुन् ।

उनीहरु मिथिला– बिहारी नगरपालिका ४ मिथिलेश्वरका स्थानीय बासिन्दा हुन् । प्रकाशले कुसुमलाई पटक पटक मोटरसाइकल आफ्नो नाममा गरिदिन दबाब दिनुका साथै कुटपिट समेत गरेको बुझ्नमा आएको छ ।

तर, पिडित कुसुमका बुवाका अनुसार आर्थिक समस्याका कारण मोटरसाइकल नामसारी गर्न नसकिएको बताइएको छ । नामसारी गर्न नसकेकै कारण आफ्नो छोरीको हत्या भएको उनको भनाई छ ।

कुसुमका ससुरा रामचन्द्रले कुसुमलाई पासो लगाएर आत्महत्या गर्न खोज्दा उद्धार गरेको भन्दै शुक्रबार जनकपुर अस्पताल ल्याएका थिए । तर कुसुमको अस्पतलामै मृत्यु भएपछि उनी त्यहाँ बाट भागेका थिए ।

प्रहरीले यस विषयमा कुसुमका श्रीमान् प्रकाशलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार