काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ । अस्पताल व्यवस्थापनको विषयलाई अस्पतालमा झडप भएको हो ।
पुरानो व्यवस्थापन समितिले अनियमितता गरेको आरोप लगाउँदै अस्पतालमा नयाँ समिति बनाउन खोजिएको छ । पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप नारा जुलुसका साथ झडप भएको छ ।
नेमकिपा नेतृत्वको भक्तपुर नगरपालिकाले नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षमा नयाँ व्यवस्थापन समिति गठन गरेपछि प्रमुख दुई दल नेपाल कम्युनिस्ट पार्टी र नेपाली काँग्रेसले आपत्ति जनाउँदै आएका थिए ।
अस्पताल सञ्चालन गर्दै आएको नेपाल अर्बुद रोग निवारण संस्थाका पदाधिकारीले नगरपालिकाले स्वायत्त संस्थामाथि अनधिकृत हस्तक्षेप गरी आफूहरूलाई पाखा लगाएको गुनासो छ । अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले विज्ञप्ति निकाल्दै अनियमितता भए आफूहरूमाथि छानबिन गर्न र दोषी देखिए कारबाही गर्न आग्रह गरेका थिए ।
भक्तपुर क्यान्सर अस्पताल संस्था दर्ता ऐन, ०३४ अन्तर्गत गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएको नेपाल अर्बुद रोग निवारण संस्थाले दाताको सहयोगमा सञ्चालन गरेको सामुदायिक अस्पताल हो । संस्थाको विधानअनुसार ४२ जिल्ला शाखासमेत रहेको संस्थाको अध्यक्ष नै अस्पताल व्यवस्थापन समितिको अध्यक्ष स्वतः रहने व्यवस्था छ ।










