पोखरा । सबैले विशेष महत्वका साथ हेरिरहेको कास्की क्षेत्र नं २ मा ६५ प्रतिशत मत खसेको छन् । प्रतिनिधिसभाको उपचुनावका लागि १ मात्रै क्षेत्र रहेको कास्कीमा ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।
बिहान ७ बजेदेखि देशभर एकैपटक सुरु भएको मतदान ५ बजेसम्म चलेको थियो । मतदानलाई विथोल्ने गरी विभिन्न ठाउँमा बस विस्फोट गराइएका थिए ।
तर चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । अहिले मत संकलन गर्ने काम भइरहेको छ । सबै मत संलकन गरेर आजैरातिबाट गणना गरिने निर्वाचन आयोगले जनाएको छ ।
राति ९ बजे सर्वदलीय बैठक बसेर १० बजेबाट गणना सुरु गरिने बताइएको छ । नतिजाको लागि भने भोलीसम्म पर्खिनु पर्ने छ ।








