कञ्चनपुरमा पनि नेकपा बिजयी

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपा बिजयी भएको छ । वडा अध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपाका कृष्ण बहादुर तामाङ ५ सय २८ मत ल्याएर बिजयी भएका हुन् ।

उनका प्रतिद्धन्दि दिलबहादुरले भने ३ सय १० मत पाएका थिए । त्यस्तै प्रजातन्त्र पाटी नेपालका पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन्। आजै भएको मतदानमा जम्मा ९ सय २४ मत खसेको थियो।

सोही वडाका वडा अध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख भएपछि उक्त पदका लागि स्थानीय तहमा निर्वाचन भएको हो।

उक्त मतदान केन्द्रमा खानेपानी मन्त्री विना मगरले पनि मतदान गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार