पोखरा । नेपाली कांग्रेस पोखरा ९ की सभापति उमाकुमारी ठकुरीले पदबाट राजीनामा दिएकी छन्। उनले विज्ञप्ति निकालेर नेपाली कांग्रेस, कास्की क्षेत्र नं २ उपनिर्वाचन परिचालन समिति संयोजक वीरेन्द्रनारायण बिजुक्छेसमक्ष राजीनामा दिएकी हुन्।
विज्ञप्तिमा उपनिर्वाचनमा पोखरा ९ मा कांग्रेसले पराजय भोगेपछि नैतिकताको आधारमा राजीनामा दिएको कुरा उल्लेख गरेकी छन् । त्यस्तै पत्र मार्फत पार्टी संरचना, काम गर्ने तौरतरिका र वर्तमान अवस्थामा वडा तहदेखि संगठनको अवस्था मजबुत नभएको बताइन् ।
पदबाट राजीनामा दिएको बताउँदै पार्टी र संगठनमा थप क्रियाशील भएर लाग्ने उनले बताएकी छन्। पोखरा ९ मा जतिमत आउनु पर्ने थियो त्यति मत आउन सकेन ।










