काठमाडौं । जाजगरकोटकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पुर्याइएको छ। मंगलबार सुत्केरी हुन नसकेकी जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ की कमला नेपालीलाई उद्धार गरी अस्पताल लगिएको हो ।
उनलाई जाजरकोटबाट सुर्खेतको कर्णाली प्रदेश अस्पतालमा ल्याइएको बताइएको छ । सोमबार देखि सुत्केरी व्यथा लागेकी कमलाको बच्चा जन्मिनु भन्दा पहिले नै अत्याधिक रक्तश्राव हुन थालेपछि हेलिकप्टरबाट उद्धार गरिएको हो ।
उनको वडाको पहलबाट हेलिकप्टरबाट उद्धार गरिएको हो । बच्चा जन्मिनु भन्दा पहिले नै धेरै रगत बग्नु खतराको लक्षण हो । समयमै उपचार भएन भने यस्तो अवस्थामा ज्यान समेत जाने खतरा हुन्छ ।








