वीरगञ्ज । बलात्कृत ६ बर्षकी बालिकाले आफुलाई बलात्कार गर्नेको पहिचान गरेकी छन् । बाराको कलैयाकी ती बालिकाको उपचापछि उनले अभियुक्तको पहिचान गरेकी हुन् ।
बालिकाले पहिचान गरेपनि प्रहरीले भने अनुसन्धानकै क्रममा भएकाले पहिचान भएका व्यक्तिको नाम भनेको छैन् । अहिले नै उक्त व्यक्ति पक्राउ नपरेकाले नाम भन्न नमिल्ने प्रहरीले बताएको छ ।
बालिकाको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ । उपचारत बालिकालाई प्रहरीले घटनास्थल वरपरका केही युवकको तस्वीर देखाउदा बालिकाले उक्त तस्वीरबाट बलात्कारीको पहिचान गरेकी हुन् ।
भारतको बिहार घर भएकी बालिका गढीमाई मेलाका लागि मामाघर आएकी थिइन् । त्यसै बेला मंगलबार दिउँसो २ बजेतिर कलैया–४ सुन्दर बस्ति टोलमा ‘चकलेट मिठाई दिन्छु’ भनी ललाई फकाई लगेर बालिकाको बलात्कार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले भने साँझतिर मात्रै घटनाबारे जानकारी पाएको थियो ।











