बलात्कार पीडित ६ बर्षे बालिकालाई अस्पतालले गर्यो डिस्चार्ज

वीरगञ्ज । बलात्कारपछि उपचार गराई रहेकी ६ बर्षे बालिकालाई अस्पतालले डिस्चार्ज गरेको छ । बालिकाको स्वास्थ्यमा सुधार आएपछि उनी उपचाररथ हेल्थ केयर अस्पताल वीरगञ्जले आइतबार डिस्चार्ज गरेको हो ।

अभिभावकसँगै गढीमाई मेला हेर्न आएकी ६ वर्षे बालिका मंसिर १७ गते बाराको कलैयामा बलात्कृत भएकी थिइन् । बलात्कारपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

सुरुमा आउँदा निकै दयनिय अवस्था रहेकी बालिकाको स्वास्थ्यमा सुधार आएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । स्वाथ्यमा सुधार आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेकाे हो ।

डिस्चार्जपछि प्रहरीको सहयोगमा अभिभावकले घर लगेका छन् । बालिकाको घरको अवस्था दयनिए भएकाले उपचारमा लागेको खर्च अस्पतालले मिनाहा गरिदिएको छ ।

यसअघि प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा छिमेककै एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार