सागमा पदक जित्ने खेलाडीबारे सरकारको घोषणा : स्वर्ण जित्नेलाई ९ , रजत ६ र कास्यलाई ३ लाख पुरस्कार

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सरकारले नगद पुरस्कार दिने भएको छ ।
बुधबार बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक दिने प्रत्येक खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका हुन ।

प्रधानमन्त्री ओलीले घोषणा गरे अनुसार प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीले जनही ९ लाख, रजत जित्नेले ६ र कास्य पदक जित्ने खेलाडीले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

यसअघि सरकारले स्वर्ण पदक जित्ने खेलाडीलाई ५ लाख, रजत जित्नेलाई ३ लाख र कांस्य जित्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिँदै आएको थियो ।

प्रतियोगितामा एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिने समेत सरकारले घोषणा गरेको छ ।

त्यसैगरी, प्रतियोतिाको टिम इभेन्टमा स्वर्ण जित्ने टोलीका हरेक सदस्यलाई जनही ५ लाख रुपैयाँ दिने सरकारले दिने घोषणा गरेको छ । प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकलाई पनि सरकारले ५ लाख रुपैयाँ पुरस्कार दिने घोषण गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले पुरस्कारसम्बन्धी कार्यविधि मन्त्रिपरिषदले पारित गरेपछि प्रतियोगितामा सहभागी अन्य प्रशिक्षक, म्यानेजरको बिषयमा निर्णय हुने जानकारी दिए ।

काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक जितेको थियो ।

यो भिडियो पनि हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार