
काठमाडौं । सरकारले किरात समुदायको उधौली पर्वमा बिदा नदिएको भन्दै नेपाल आदिवासी जनजाति महासंघले कडा आपत्ति जनाएको छ । बिहीबार महासंघका अध्यक्ष जगत बरामद्धारा जारी विज्ञप्तीमा बिदा कटैती गरेको भन्दै आपत्ती जनाइएको छ ।
वर्तमान सरकारमा महेन्द्रकालीन झल्को आएको समेत महासंघको आरोप छ । राष्ट्रिय पर्वको मान्यता पाएको उधौली पर्वमा दिइदै आएको बिदा यथावत कायम राख्न समेत महासंघले सरकारसँग आग्रह गरेको छ ।
“बहुसांस्कृतिक देश नेपालमा विद्यमान सरकारले महेन्द्रकालीन शासन व्यवस्थाको झल्को दिने गरी एकल सांस्कृतिक सोच, चिन्तन, नीति र निर्णयका आधारमा आदिवासीको पहिचान, स्वाभिमान, सम्मान, संस्कृतिमाथि गरिरहेको प्रहारको विरुद्ध सम्पुर्ण आदिवासी जनता एकतावद्ध हुन हार्दिक आह्वान गर्दछौं,” बरामद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
किराती समुदायले आज उधौली पर्व र ज्यापु समुदायले यमुरी पर्व मनाइरहेका छन् ।
विज्ञप्ती हेर्नुहोस












