
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० मा पदक विजेता खेलाडीलाई आज नगरपरिक्रमा गराउँदैछ । खेलाडीको सम्मानमा राखेपले शुक्रबार दिउँसो उपत्यकाका विभिन्न स्थानको परिक्रमा गराउन लागेको हो ।
बिहान ११ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु हुनेछ नगर परिकैमा काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थान भएर पुनह रंगशाला फर्किनेछ ।
खेलाडीहरुलाई न्युरोड, ईन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोवाटो, कोटेश्वर, जडिबुटी, नयाँ ठिमी, सल्लाघारी, सुर्यविनायक चोकको परिक्रम पछि पुनः सल्लाघारी, नयाँ ठिमी, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन हुनेछ ।
१३ औँ सागमा समावेश विभिन्न २६ खेलमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ काँस्य पदक जितेको थियो । नेपाल पदक तालिकामा दोस्रो भएको थियो ।
पदक विजेता खेलाडीलाई सरकारले स्वर्ण विजेतालाई ९ लाख, रजतलाई ६ लाख र काँस्यलाई तीन लाख रुपैया पुरस्कार दिने घोषणा गरेको छ । एक भन्दा बढी स्वर्ण विजेता खेलाडीलाई ११ लाख र टीम स्पर्धामा स्वर्ण विजेतालाई जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा सरकारले गरिसकेको छ ।












