धनुषा बम बिस्फोटमा संलग्न भन्दै विप्लवका ३ नेता पक्राउ

धनुषा । तीनजनाको ज्यान जानेगरी धनुषामा भएको बम बिस्फोटमा संलग्न रहेको भन्दै प्रहरीले शनिवार बिहान विप्लव समुहका तीनजना नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विप्लवका स्थानीय नेता प्रदेश नम्बर २ संयोजक सीतादेवि महरा, केन्द्रीय सदस्य ललिता महरा र रामसोभित गाहा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जानकारी दिए । पक्राउ परेका तीनैजनामाथि अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।

गएराती करिब १२ बजेतीर धनुषाको छिरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश्वर साहको घर बाहिर पोलमा राखिएको बम बिस्फोट हुँदा ४६ बर्षिय राजेश्वर र उनका छोरा अन्दाजी बर्ष २४ का आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो भने शक्त घाइते प्रहरी इन्सपेक्टर अमिरकुमार दाहालको उपचारका क्रममा आज बिहान मृत्यु भएको थियो ।

बम बिस्फोटमा अन्य चार जना घाइते छन् । इन्सपेक्टर दाहालले झोला छुन खोज्दा बम बिस्फोट भएको थियो ।
यो पनि पढ्नुहोस

धनुषा बम बिस्फोटमा परी इन्स्पेक्टर दाहालसहित एकै घरका २ जनाको मृत्यु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार