सूचना प्रविधि विधेयक बहुमतले पारित, स्वतन्त्र पत्रकारितामाथि अंकुश भन्दै काँग्रेसको विरोध


काठमाडौँ । सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भएको छ । आइतबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठले उक्त विधेयक बहुमतका साथ पारित गरेको हो ।

समिति सभापति कल्याणीकुमारी खड्काले काँष््रेसको फरक मतका साथ विधेयक बहुमतले पारित भएको जानकारी दिइन ।विधयकले स्वतन्त्र पत्रकारितामाथि अंकुश लाग्ने र मौलिक हकअधिकार कुण्ठित हुने भन्दै नेपाली कांग्रेसले विरोध गरेको छ ।

बैठकमा नेपाली काँग्रेस सांसदहरुले पारित विधेयकले स्वतन्त्र पत्रकारितामाथि अंकुश लाग्ने र जनताको अभिव्यक्ति स्वतन्त्रता हक समेत हनन हुने भन्दै विरोध जनाएका छन् । यो विधेयक छलफलका लागि आएदेखि नै काँग्रेसले यसमा राखिएका ब्यवस्थाको बिरोध गर्दै आएको थियो ।

सूचना प्रविधि सम्बन्धी बनेको विधेयकमा सामाजिक संजाल फेसबुक, युटुब, लगायत आयमुलक सामाजिक संजालहरु दर्ता गर्नुपर्ने व्यवस्था छ । नेपालमा सामाजिक संजाल प्रयोगकर्ता बढेकाले यसलाई ब्यवस्थित गर्न विधेयकमा राखिएको सरकारको दावी छ ।

धेरै सामाजिक संजालहरुले नेपालमा व्यवसायिक कारोबार गरिरहेकाले तिनीहरुलाई करको दायरामा ल्याउन दर्ता गर्नुपर्ने व्यवस्था राखिएको सञ्चार ताथ सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताउँदै आएक छन् । यद्यपी यस्ता ब्यवस्था राखिएकोमा पत्रकारिता क्षेत्रबाटे सच्याउनु पर्ने माग गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार