रौतहट । तराईका विभिन्न जिल्लामा मान्छेको हत्या गर्ने देखि लिएर दर्जनौं अपराध गरेका तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौटहट र बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले गएराति ११ बजे चन्द्रपुर नगरपालिका ४ जगलसहियाबाट गोली हानेर नियन्त्रणमा लिएको हो ।
प्रहरीको गोली लागि घाइते कुर्मीको रौतहटको चन्द्रपुर प्रालि अस्पतालमा उपचार भइरहेको छ । कुर्मी एम्बुस थापेर बसिरहेका थिए । त्यसपछि प्रहरीमाथि गोली चलाएपछि आत्मरक्षाका लागि चार राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध कर्तव्य ज्यानलगायतका दर्जन बढी अभियोग लागेका छन् ।











