
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । पार्टीको स्थायी कमिटी बैठकका क्रममा अध्यक्ष ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
यस शपथसँगै पूर्वराष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ। शपथसँगै उनलाई एमालेमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा नियुक्त भएकी छन्। अध्यक्ष ओलीले शपथ गराएसँगै उनी औपचारिक रूपमा नयाँ जिम्मेवारीमा पुगेकी हुन्।
यसअघि राष्ट्रपति पदमा रहँदा भण्डारी दलीय राजनीतिबाट अलग रहेकी थिइन्।
पूर्वराष्ट्रपति भण्डारी ११ वर्षपछि एमाले बैठकमा केपी ओलीसँगै सहभागि भएकी छन् ।











