
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बनाएको छाया सरकारको पहिलो बैठक बसेको छ ।
आइतबार बसेको बैठकमा ओली सरकारका कुन–कुन मन्त्रालयमा के–कस्ता खालका भ्रष्टाचार भइरहेका छन् त्यसबारे जानकारी लिने बिषयमा छलफल भएको छ ।
बैठकले ओली सरकारका विभिन्न मन्त्रालयहरुमा भइरहेका भ्रष्टाचारबारे अध्ययन गर्ने र सम्बन्धित छायाँ सरकारका मन्त्रीहरुलाई रिपोर्टिङ गर्न निर्देशन दिइएको कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताए।
मन्त्रिपरिषद् बैठकले निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसनको विषयलाई सशक्त ढंगले उठाउने निर्णय गरेको संसदलीय दलका नेता पाण्डेले जानकारी दिए ।
ओली नेतृत्वको सरकार भ्रष्टाचार र अधिनायककवादतर्फ निरन्तर अघि बढिरहेकाले काँग्रेसले त्यसको भण्डाफोर सदन र सडकबाट निरन्तर गरि रहने उनले बताए ।
काँग्रेसले संसदीय समिति बैठकमा छाया सभापति बनाउने निर्णय समेत भएको छ । आजको पहिलो बैठक पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको थियो ।
नेपाली कांग्रेसले सरकारमाथि निगरानी गर्न भन्दै गत जेठ महिनामा छाया मन्त्रिपरिषद गठन गरेको थियो ।










