
काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदका मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मउत्सवका बिषयमा संसदमा प्रश्न उठाएका छन् ।
मंगलबार प्रतिनिधी सभाको बैठकमा बोल्दै नेता रिजालले हेलिकप्टर लिएर तेह्रथुममा प्रधानमन्त्रीले जन्मदिन मनाएको विषयमा आपत्ति जनाउँदै राजा महाराजाको संज्ञा दिएका छन् ।
“त्यो घरलाई पनि लाग्यो होला आफ्नो खड्गप्रसाद होइन, राजा महाराजा आएका हुन रिजालले भने, त्यो घरको आत्माले तपाईंलाई चिनेन होला। त्यो घरको अगाडि उभिएर जनता कुन लोकमा र तपाईं कुन लोकमा हुनुहुन्छ भन्ने सोच्नुभयो ?”
नेता रिजालले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने, “तपाइले आफ्नो जन्मउत्सवमा ४ हजारलाई साडी र कोट बाँडेको कुरा बाहिर आयो, त्यो देखेर आफ्नो जन्मदिनमा चकलेट बाँड्ने पूर्बराजा, महाराजालाई इर्ष्या लाग्यो होला। मदन भण्डारीले के सोंचे होलान ?”
ओली सरकार चरम भ्रष्टाचारमा डुबेको चौतर्फी बिरोध भइरहेकाले यसको जवाफ संसदमा प्रधानमन्त्रीले दिनुपर्ने उनले माग समेत गरे ।
७० करोड कमिसनकाण्डको प्रसंग जोड्दै नेता रिजालले भने, “प्रधानमन्त्री ज्यू तपाइले संचारमन्त्रीलाइ त्यसै भन्नु भएके रहेनछ, ‘तुलामा जोख्दा सञ्चारमन्त्री एकातिर अरु अर्कोतिर गर्दा बराबर हुन्छ’, भनेर ।”
भिडियो हेर्नुहोस










