नेपाली सेनाले खोल्यो सस्तो मूल्यको पसल, कुन-कुन चिज पाइने ?


काठमाडौं । नेपाली सेनाले सूपथ मूल्य पसल संचालनमा ल्याएको छ । सेनाको जंगी अड्डा हाताभित्र सूपथ मूल्यको पसल (क्यान्टिन) सञ्चालनमा ल्याएको हो । सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाले पसलको उद्घाटन गरेका छन् ।

सैनिक कल्याणकारी योजना अन्तरगत २०३२ सालमा स्थापना भएको श्री बसुन्धारा क्याण्टिनलाई प्रधानसेनापतिको मार्ग निर्देशन २०७५ अनुसार सैनिक कल्याणकारी कोषको छाता मुनि ल्याई सुपथ मुल्य पसलको रुपमा संचालनमा ल्याइएको सेनाले जनाएको छ ।

पसलमा सैनिक पोशाकहरु, दैनिक आवश्यकताका सामानहरु लत्ता कपडा, ग्रोसरी, खाद्य वस्तु, ईलेक्ट्रोनिक्स, खेलकुदका सामानहरु, स्टेशनरी, होम अप्लाइन्सका सामग्रीहरु, सौन्दर्य तथा औषधोपचार सम्बन्धी सामान, दुई पाग्रें तथा चार पाग्रें सवारी साधनलगायत अन्य सामानहरु सूपथ मूल्यमा उपलब्ध हुने सेनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार