
काठमाडौँ । कोरोना भाइरसको त्रास विश्वभर फैलिरहेका बेला नेपालमा पनि यसबाट बच्न उच्च सर्तकता अपनाइरहेका छन् ।
विभिन्न ठाँउमा भिडभाड हुनेगरी मेला महोत्सव, पर्वहरुको कार्यक्रम नर्गन सार्वजनिक अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि होलीलगायतका कार्यक्रमहरु नगर्न अनुरोध गरेको छ ।
काठमाडौं उपत्यकामा हरेक बर्ष सार्वजनिक रुपमा गरिने होली कार्यक्रममा सयौंको सहभागिता हुनेगर्छ । कोराना भाइरस संक्रमणको त्रास विश्वभर रहेका बेला नेपालमा पनि सजकता अपनाउन यस्तो अनुरोध गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयद्धारा जारि सूचनामा अर्को सूचना नभएसम्मका लागि भिडभाड हुने त्यस्ता कार्यक्रम नगर्न अनुरोछ गरिएको छ ।
नेपाल सरकारले यसअघि नै कोरोनाको संक्रमणबाट जोगिन भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता भीडभाडयुक्त कार्यक्रमहरु नगर्न अनुरोध गरिसकेको छ ।












