
रौतहट । रौतहटमा पोखरीको डिलमा १० लाख १० हजार रुपैयाँ भेटिएको छ । जिल्लाको ईशनाथ नगरपालिकाको परोहा डुमरीयामा रहेको पोखरीको डिलमा उक्त रुपैयाँ भेटिएको हो ।
उक्त रकम प्रहरीको टोलीले बरामद गरेको छ । ना ५४ प २११६ नम्बरको मोटरसाइकलमा सवार दुई जना व्यक्तिले पैसा छरेर प्रहरीलाई देखेपछि भागेको बताइएको छ ।
उनीहरु दुबै जना ईशनाथ नगरपालिका कार्यालय अगाडि गस्तीमा रहेको प्रहरीले रोक्न खोजेको थियो । तर उनीहरु रोकिएनन् । प्रहरीले उनीहरुलाई पछयाउन थालेपछि पोखरीको छेउँमा उनीहरु मोटरसाइकल छोडेर भागेका थिए ।
प्रहरीले बरामद गरेको रकम गन्दा १० लाख १० हजार रहेको बताएको छ । प्रहरीले उनीहरुको पचिहान गर्न सकेको छैन् ।











