जनकपुर । धनुषामा मदिरा सेवनका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मुसहर बस्तीमा गएराति र शनिबार विहान गरी तीन जनाको मृत्यु भएपछि मृतक संख्या १४ पुगेको हो ।
यसअघि धनुषाकै क्षिरेश्वरनाथ नगरपालिकामा एक साताको अवधिमा मदिरा सेवनका कारण ११ जनाको मृत्यु भएको थियो ।
गएराति ज्यान गुमाउनेहरुमा उपमहानगरपालिका वडा नम्बर ७ मुसहर बस्तीका बनारसी सदा र मिथिला सदा र
शनिबार विहान झगरु सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार यसअघि क्षिरेश्वरनाथ नगरपालिका वडानम्बर २ रमदैयामा गत बिहीबार र शुक्रबार आठ जनाको विशाक्त घरेलु मदिरा सेवनका कारण मृत्यु भएको थियो ।
मदिन सेवनबाट बिरामी भएका एक जनाको भेन्टिलेटरमा राखेर उपचारत भइरहेको छ भने अन्य ५ जनाको सामान्य अवस्थामा उपचार भइरहेको छ ।










