
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट स्वयम ग्राहक बनेर बजार अनुगमन गरेका छन् ।
उनले ग्राहकको भेषमा पोखरा बजारका पसल र डिपार्टमेन्टल स्टोरको निरीक्षण गरेका हुन ।
निलो डाउन ज्याकेट, कालो पाइन्ट र स्पोर्ट जुत्ता लगाएर ग्राहको भेषमा मन्त्री भट्ट बजार अनुगमनका निस्किएका थिए ।
डिपार्टमेन्टल स्टोरमा छिरेर उनले सामानको उपलब्धता, सामानको मूल्य, उत्पादन मिति र उपभोग्य मितिबारे जिज्ञासा राखेका थिए ।
समानहरुमा फाट्ट फुट्ट मुल्य बढि पाइएकाले त्यस्ता ब्यापारीलाई कारवाही गर्न मन्त्री भट्टले मातहतका कर्मचारीलाई निर्देशन समेत दिएको उनको सचिवालले जनाएको छ ।
मन्त्री भट्टको सचिवालयका अनुसार पोखराका बजारमा अनुगमन गर्दा मास्क र स्यानिटाइजरको अभाव छिटफूट भए पनि खाद्यान्नमा खासै समस्या छैन् । यसअघि मन्त्री भट्टले काठमाडौंका औषधि पसल र खाद्य स्टोरमा पनि अनुगमन गरेका थिए ।









