भारतबाट फर्किएका वडा अध्यक्षमा कोरोना एन्टीबडी पोजिटिभ

धनुषा । लकडाउनकै समयमा भारतबाट नेपाल फर्किएका एक जना वडा अध्यक्षमा कोरोनाको एनटीबडी पोजिटिभ देखिएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्षमा एन्टीबडी पोजिटिभ देखिएको हो ।

उनको र्‍यापिड टेष्ट गर्दा कोरोनाको एन्टीबडी पोजेटिभ देखिएको बताइएको छ । उनको पिसिआर परीक्षणका लागि स्वाब लिने काम भइरहेको अस्पतालले जनाएको छ ।

नेपालमा लकडाउन भएकै बेला उनी भारत बिहारको मधुवनीमा १ महिना बसेर चैत २४ गते नेपाल फर्किएका थिए । उनलाई त्यतिबेला देखि नै क्वारेन्टाईनमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार