काठमाडौँ । राहतमा कुहीएको दाल बाँडेको आरोपमा पक्राउ परेका मेयरसहित १२ जना धरौटीमा रिहा भएका छन् । बुधबार राती जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको आदेशमा उनीहरु धरौटीमा रिहा भएका हुन् ।
बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव सहित १२ जनलाई प्रहरीले गुणस्तरहीन राहत बाँडेको अरोपमा पक्राउ गरेको थियो । मेयर यादव र दाल व्यापारी तेजकरण जैनले जनही २ लाख ८१ हजार रुपैयाँ धरौटी तिरेर छुटेको बताइएको छ ।
त्यस्तै पक्राउ परेका अन्य व्यक्ति पनि धरौटी तिरेर रिहा भएका छन् ।










