बर्दिवास । बस दुर्घटनामा परी एक जनाको मृत्य भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा तामाकोशी ३ दोलखा घर भएका २२ वर्षीय प्रदिप बिश्वकर्मा रहेका छन् ।
अर्का एक जना घाइते भएका छन् । महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित पाटुको घुम्तीमा बस दुर्घटना भएको हो । लकडाउनमा काठमाडौँमा अलपत्र परेका मानिसलाई लिएर उदयपुरको चौरन्दी नगरपालिकातर्फ गईरहेको बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बसमा ३५ जना यात्रु रहेका थिए । उनीहरु सबै जना सकुशंल छन् । घाइते तामाकोशी २ दोलखाका २३ बर्षीय बाबुराम बिश्वकर्माको बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ ।










