
काठमाडौं । २५ हजार धरौटीमा तिरेर पूर्वसचिव भीम उपाध्याय रिहा भएका छन् । सोमबार जिल्ला अदालत काठमाण्डौंले उनलाई २५ हजार रुपैंया धरौटी तिराएर रिहा गर्न आदेश दिएपछि उनि छुटेका हुन ।
थुनछेक बहसपछि जिल्ला अदालतले २५ हजार धरौटी मागेपछि उक्त धरौटी तिरेर उनि रिहा भएको पूर्वसचिव उपाध्यायका कानून व्यवसायी चुडामणी पौडेलले बताए ।
सामाजिक सञ्जालमा जथाभावी लेखेको आधारमा प्रहरीले उनलाई बैशाख १० गते पक्राउ गरी विद्युतिय कारोवार ऐन अन्र्तगत मुद्दा चलाएको थियो ।
उपाध्यायले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारको चर्को बिरोध गर्दै आएका थिए । उनिबिरुद्ध सामाजिक संजालमा धार्मिक आस्थामाथि असर पुग्नेगरी लेखेको आरोपमा पनि प्रहरीमा उजुरी परेको थियो ।










