सप्तरीमा एकैदिन एउटै वडाका २५ जनामा कोरोना पुष्टि

सप्तरी । पछिल्लो २४ घण्टामा सप्तरीको एउटै वडाका २५ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँका २५ जनामा कोरोना पुष्टि भएको हो ।

आइतबार सप्तरीमा २७ जना नयाँ संक्रमित फेला परेकोमा २५ जना तिलाठी कोइलाडी गाउँपालिका २ का रहेका छन् ।  अन्य दुई जना भने राजविराजका ४० र २८ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

आइतबार २७ जनामा संक्रमण पुष्टि भएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ५ सय २४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार