विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे दुई लाख नाघ्यो, ३६ लाख बढी संक्रमित

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या साढे दुई लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५२ हजार ४ सय २० पुगेको छ ।

त्यस्तै संक्रमितको संख्या ३६ लाख ४६ हजार २ सय ५५ पुगेको छ । संक्रमित मध्ये सबै भन्दा बढी अमेरिकामा रहेका छन् ।  जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ हजार ९ सय २० र संक्रमितको संख्या ११ लाख ७८ हजार ९ सय ६ पुगेको छ ।

स्पेनमा २ लाख १८ हजार ११ जनामा संक्रमण र २५ हजार ४ सय २८ जनाको मृत्यु भएको छ । यसैगरी इटलीमा २ लाख ११ हजार ९ सय ३८ जनामा संक्रमण र २९ हजार ७९ जनाको मृत्यु भएको छ ।

विश्वभर ११ लाख ६२ हजार ५ सय ६३ जना भने कोरोनालाई जितेर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार