प्रहरी र स्थानीयबीच झडप, जवाफी कारवाहीमा प्रहरीद्धारा हवाईफायर

दैलेख । दैलेखमा शनिबार साँझ प्रहरी र स्थानीयबासी बीच झडप भएको छ । जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका ४ मा स्थानीयवासीले प्रहरीमाथि डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको थियो ।

झडपमा दुई जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही रहेका छन् ।

लकडाउन उल्लंघन गर्दै सालटाकुरा नाव–साल्टाडाँडा सडक निर्माणमा ५० जना भन्दा बढी व्यक्तिहरु सहभागि भएको विशेष सूचनाका आधारमा प्रहरीको टोली सोही ठाउँमा पुगेको थियो । प्रहरीले कुरा गर्न नपाउदै ठुलो संख्यामा रहेका स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए ।

प्रहरीले भीडलाई नियन्त्रण गर्न जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको बताइएको छ । झडपमा स्थानीयले प्रहरीको बर्दिसमेत च्यातेको स्थानीयले प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार