
काठमाडौं । जेठ ४ गते वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका बृद्धाको कारोरोना रिपोर्ट पोजिटिभ आएको छ । बाराका ७० वर्षीय बुद्धको रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।
अस्पतालले उनको मृत्युपछि स्वाब संकलन गरेर शवलाई परिवारको जिम्मा लगाएको थियो । परिवारले ती बृद्धको अन्त्येष्टि गरिसकेका छन् ।
उनको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने केही जानकारी दिएको छैन । अस्पतालमा उपचार गर्दा उनमा क्षयरोग, दम र निमोनिया देखिएको थियो । उनलाई जेठ २ गते भेन्टिलेटरमा भर्ना गरिएका थिए ।












