
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटार सुरु भएको हो ।
बैठकको सुरुमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिका बारेमा सुरुमै सम्बोधन गर्ने कार्यसूची छ ।
त्यसपछि कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका सम्बन्धमा सरकारले गरेका कामहरुमाथि सदस्यहरुले धारणा राख्नेछन् । त्यस्तै सीमा समस्या समाधान सम्बन्धमा सरकारले गरेका कामलगायत सरकारका समग्र कामको समीक्षा हुने नेकपाले जनाएको छ ।
त्यस्तै पार्टी एकताका बाँकी कामहरुको बारेमा पनि बैठकमा छलफल हुने र एमसीसीलाई पनि बैठकको एजेण्डाका रुपमा राखिएको छ ।










