
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५ सय ५४ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या १२ हजार नाघेको हो ।
शनिवार स्वास्थ्य मन्त्रालयद्धारा दिइएको जानकारीअनुसार अहिलेसम्म नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।
थप भएका संक्रमितहरुमा महिला १ सय २० र पुरुष ४ सय ३४ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना निको भएर विभिन्न अस्पतालबाट १ सय ३६ जना डिस्चार्ज भएका छन् । योसंगै अहिलेसम्म नेपालमा डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय ३४ पुगेको छ ।
आज रसुवामा कोरोना संक्रमित देखिएसँगै नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।










