वालुवाटारमै समुहगत छलफलपछि दुई अध्यक्ष संवादमा


काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक रोकिएर समुहगत छलफलपछि दुई अध्यक्ष संवादमा जुटेका छन् । बिहीबार बसेको स्थायी समिति बैठकमा प्रधानमन्त्री बस्न नमानेपछि बैठक स्थगित भएको थियो ।

बैठक स्थगित भएपछि वालुवाटार परिसरमै छुट्टा छुट्टै समुहगत छलफल भएका छन् । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमबीच समुहगत छलफल भएको छ । समुहगत छलफलपछि अहिले दुई अध्यक्ष केपी ओली र प्रचण्ड आन्तरिक छलफलमा जुटेको बताइएको छ ।

सरकारको सिफारिसमा संघीय संसदको बजेट अधिवेशन अन्त्य भएपछि नेकपामा विवाद थप उत्कर्षमा पुगेको छ ।
बिहान मन्त्रिपरिषद्को सिफारिसपछि केहिबेरअघि राष्ट्रपतिद्धारा साँझ ५ बजेदेखि लागु हुनेगरी संसद अधिवेशन अन्त्य गरेको जानकारी स‌ंसद सचिवालयलाई गराइसकेकी छन् । ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार