
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधान कार्यालयमा कार्यरत थप ९ जनालाई आज कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने रहेकमा छन् । संक्रमितलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको छ ।
मुख्यालयमै संक्रमणको जोखिम बढेपछि संक्रमितहरू बस्ने ब्यारेक र भान्सा नै सिल गरिएको बताए। कार्यालयमा थप सतरकर्ता अपनाइएको बताइएको छ ।
कोरोना कहाँ बाट कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।












