काठमाडौंमा ३८ सहित थप २२४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १९७७१ पुग्यो 

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ सय २४ जना कोरोना संक्रमित भेटिएका छन् । देशमा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट २ सय २४ जना संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यस्तै आज देशका विभिन्न अस्पतालबाट १ सय ५१ जना कोरोना निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३२, ललितपुरमा ५ र भक्तपुरमा १ गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार