काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । रुपन्देहीका २५ वर्षीया पुरुष र बाँके नेपालगञ्जका ६० वर्षीया पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गरी उनीहरुलाई कोरोना पुष्टि भएको जनाएको छ । उनीहरु दुबै जनाको अवस्था समान्य रहेको छ ।
याेसँगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ भने १६ जना निको भएर घर फर्किसकेका छन् ।
मन्त्रालयद्धारा जारी विज्ञप्ति










