
कास्की । बिहीबार सँझ भूकम्पको धक्का महशुस गरिएको छ । कास्कीको हेम्जा केन्द्रविन्दु भएर ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महशुस गरिएको थियो । उक्त भूकम्प विस २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।
यसअघि बुधबार पनि काठमाडौ उपत्यकामा भूकम्पकाे धक्का महशुस गरिएको थियो ।










