प्रदेश ५ को स्थायी राजधानी भालुवाङ बनाउने निर्णय


बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले  स्थायी राजधानी  भालुवाङ बनाउने निर्णय गरेरको हो ।

यो विषयमा सत्तारुढ नेकपाले पनि छलफल गरेर सहमति जनाएको छ । प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार