राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिए


हेटौडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज अपरान्ह साढे तीन बजेपछि उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मुख्यमन्त्री पाण्डेबाट भौतिक पूर्वाधार मन्त्रीमा काँग्रेसका कृष्णलाल भँडेल, सामाजिक विकास मन्त्रीमा माओवाद केन्द्रका कुमारी मोक्तान र आर्थिक मामिला तथा योजना मन्त्रीमा एकीकृत समाजवादीका कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ लिएका छन् ।

प्रदेश सरकारमा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि दुई महिने कार्यकालमा उनले हिजो पदबाट राजीनामा दिएकी थिइन् । त्यसपछि सत्ता गठबन्धनले पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार